काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा १९ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिनको तुलनामा १ हजार ९०० रुपैयाँ वृद्धि हुँदै मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य २० रुपैयाँ वृद्धि भएर एक हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










