चिनियाँ सामानको आयातमा थप कर लगाउने सोचमा ट्रम्प



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फेब्रुअरी १ देखि नै चीनमा निर्मित सामानको आयातमा १० प्रतिशत शुल्क लगाउनेबारे आफूले सोचिरहेको बताएका छन्।

आफ्नो प्रशासनमा त्यसबारेको छलफल ूउनीहरूले मेक्सिको र क्यानडामा फेन्टनिल नामक औषधिे पठाइरहेको तथ्यमा आधारितू रहेको बताए।

ट्रम्पले मेक्सिको र क्यानडामाथि २५ प्रतिशतले आयात कर लगाउने चेतावनी दिइरहँदा यस भनाइ आएको हो।

ट्रम्पले आफ्ना ती छिमेकी देशहरूलाई कागजातविहीन आप्रवासी र औषधि आफ्नो देशमा आउन दिइरहेको आरोप लगाउँदै त्यसो भनेका हुन्। बबिीसिबाट

प्रकाशित मिति : माघ ९, २०८१ बुधबार  ४ : ४६ बजे