तोलामा २२ सय रुपैयाँले बढ्यो सूनको मूल्य



काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य प्रतितोला एकैदिन २२ सय रुपैयाँ बढेको छ ।

आज सुन एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला ४५ रुपैयाँ बढेर एक हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ११ : ४३ बजे