तोलामा १ हजार ६०० रुपैयाँले बढ्यो सूनको मूल्य



काठमाडौँ । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार पनि सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँ बढेको हो।

गत मंगलबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो।

मंगलवार सुनको भाउ प्रतितोला एक हजार ९ सय रुपैयाँ, बुधबार प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको हो।

पछिल्लो ३ दिनमा मात्र एक तोला सुनको मूल्य ५ हजार ७ सयले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : माघ २४, २०८१ बिहीबार  १२ : १९ बजे