सुनको मूल्य घट्यो, तोलामा कति पूग्यो ?



काठमाडौं । स्थानिय बजारमा बुधबार सुनको मूल्य घटेको छ ।

आज बुधबार दुई हजार ७०० रुपैयाँले घटेर प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ ।आज प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : माघ ३०, २०८१ बुधबार  १० : ५६ बजे