थुनामा पठाउने आदेशविरुद्ध छविलालको रिट, कैफियत प्रतिवेदन झिकाउन उच्चको आदेश



काठमाडौं ।नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत रुपन्देहीको आदेशको कैफियत प्रतिवेदन झिकाउन उच्च अदालत बुटवलले आदेश दिएको छ ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीको इजलासले बुधबार सुनुवाइ गर्दै कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।

सहकारी ठगीको आरोपमा जोशीलाई रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी उच्च अदालत पुगेका थिए ।जोशी बयानका लागि सोमबार अदालतमा आफैं उपस्थित भएका थिए । बयानपछिको थुनछेकबहसपछि जिल्ला अदालतले जोशीलाई थुनामा पठाएको थियो ।

जोशीको तर्फबाट अधिवक्तासमेत रहेका उनका छोरा रोचक जोशीले मंगलबार रुपन्देही जिल्ला अदालतको आदेशबिरुद्द उच्च अदालत तुलसीपुरमा रिट दायर गरेका हुन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगीमा ८८ लाख र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ५० लाख धरौटी बुझाएर रिहा भएका थिए।

प्रकाशित मिति : माघ ३०, २०८१ बुधबार  २ : ४७ बजे