काठमाडौं ।नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत रुपन्देहीको आदेशको कैफियत प्रतिवेदन झिकाउन उच्च अदालत बुटवलले आदेश दिएको छ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीको इजलासले बुधबार सुनुवाइ गर्दै कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।
सहकारी ठगीको आरोपमा जोशीलाई रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी उच्च अदालत पुगेका थिए ।जोशी बयानका लागि सोमबार अदालतमा आफैं उपस्थित भएका थिए । बयानपछिको थुनछेकबहसपछि जिल्ला अदालतले जोशीलाई थुनामा पठाएको थियो ।
जोशीको तर्फबाट अधिवक्तासमेत रहेका उनका छोरा रोचक जोशीले मंगलबार रुपन्देही जिल्ला अदालतको आदेशबिरुद्द उच्च अदालत तुलसीपुरमा रिट दायर गरेका हुन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगीमा ८८ लाख र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ५० लाख धरौटी बुझाएर रिहा भएका थिए।










