केआईआईटी नेपाली विद्यार्थी मृत्यु प्रकरणः दुई सुरक्षा कर्मचारी बर्खास्त, तीनजना निलम्बन



काठमाडौं । कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले आफ्ना तीन जना कर्मचारी निलम्बन गरेको छ ।

४ फागुनमा कलेजको होस्टलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्यु भएको विषयमा छानबिन गर्न केआईआईटीले तीन कर्मचारी निलम्बन गरेको हो।

केआईआईटीले विज्ञप्ति जारी गर्दै दुई जना सिनियर होस्टल स्टाफ र एक इनटरनेशनल रिलेसन अफिसरलाई निलम्बन गरेको जनाएको छ ।

यस्तै विद्यार्थीलाई कुटपिट गर्ने दुई जना सुरक्षागार्डलाई पनि जागिरबाट बर्खास्त गरिएको छ ।

आफूमाथि दुर्व्यहार भइरहेको विषय प्रकृतिले चार हप्ता अघि नै इन्टरनेशनल रिलेसन अफिसरलाई लिखित जानकारी गराएकी थिइन् । तर, प्रकृतिको निवेदनलाई कलेज प्रशासनले गम्भिरतापूर्वक लिएन ।

यसबाहेक केआईआईटीले नेपाली विद्यार्थीलाई कलेज फर्किन आग्रह गरेको छ । नेपाली विद्यार्थीलाई कलेज फर्किन सहजीकरण गर्नका लागि भनेर केआईआईटीले हटलाइन नम्बर पनि जारी गरेको छ ।

प्रकाशित मिति : फाल्गुन ६, २०८१ मंगलबार  १ : ०५ बजे