मस्कले अमेरिकाका सरकारी कर्मचारीलाई भने- ‘उपलब्धिको सूची बनाऊ वा राजीनामा देऊ’



काठमाडौं । अमेरिकाका सरकारी कर्मचारीहरूले शनिवार दिउँसो प्राप्त गरेको एउटा इमेलमा उनीहरूलाई गत साताका उपलब्धिहरू सूचीबद्ध गर्न वा राजीनामा दिन आग्रह गरिएको थियो।

यो डोनल्ड ट्रम्प प्रशासनले सङ्घीय कर्मचारीहरूलाई लक्षित गरी चालेको पछिल्लो कदम हो।

ट्रम्पका विश्वासपात्र अर्बपति इलोन मस्कले गत साता उनीहरूले के गरे भन्ने बुझ्नका लागिू कर्मचारीहरूले चाँडै इमेल प्राप्त गर्ने जनाउँदै ट्वीट गरेपछि कर्मचारीले त्यस्तो इमेल पाएका थिए।

ट्रम्प र उनको टोलीले यो साता गरेका १९ निर्णय कस्ता छन् ?

दिन असफल भएमा त्यसलाई राजीनामाका रूपमा लिइनेछ ।

कसले पठायो इमेल ?

मस्कले सरकारी खर्च कटौतीका लागि आक्रामक रूपमा कोषहरूलाई निलम्बन गर्ने तथा कर्मचारीहरूलाई हटाउने प्रयासको नेतृत्व गर्दै आएका छन्।

ट्रम्पले कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फरेन्स ९सीप्याक० मा बोलेको केही समयपछि उक्त इमेल कर्मचारीहरूको इनबक्समा प्राप्त भएको थियो।

त्यसको विषयमा ूतपाईंले गत साता के गर्नुभयोरुू भनेर लेखिएको थियो।

इमेल पठाउनेमा एचआर अर्थात् जनशक्ति व्यवस्थापन गर्ने निकाय उल्लेख गरिएको छ। बीबीसिबाट

प्रकाशित मिति : फाल्गुन ११, २०८१ आईतबार  ४ : ४१ बजे