काठमाडौँ – काठमाडौंको नयाँ बानेश्वरमा भएको झडपमा नेपाल प्रहरीका डीएसपी घाइते भएका छन्।
स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले आयोजना गरेको प्रदर्शनमा प्रहरी वृत्त बानेश्वरका डीएसपी गंगा पौडेल घाइते भएका हुन् । उनलाई उपचारका लागि मीनभवनस्थित निजामती अस्पताल लगिएको छ।
निषेधित क्षेत्र तोड्ख खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडि झडप भएको थियो। झडपका क्रममा केही प्रदर्शनकारी पनि घाइते भएका छन्।










