काठमाडौं । सैनिक मञ्च टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दल (एनसिसी) को सिसं। १९ सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार युवाहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले ‘अनुशासन राष्ट्र सेवाको मुल जग हो’ भन्ने आदर्श वाक्यका साथ विस। २०२२ सालमा स्थापित सो सेवा दलले युवाहरुलाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपत्तिको समयमा परिचालन गर्न सकिने तालिमप्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्दै आएको छ ।
हालसम्म यस सेवा दलबाट ८२ हजार एक सय ८४ दीक्षित भइसकेका छन् ।



























