काठमाडौं । राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनलाई सबै सैन्य सहायता रोक्का गर्न आदेश दिएको अमेरिकी अधिकारीहरूले बताएका छन्।
ह्वाइट हाउसस्थित ओभल अफिसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ट्रम्पबीच चर्काचर्की भएको केही दिनपछि अमेरिकाले यस्तो निर्णय गरेको हो।
अमेरिकी अधिकारीहरूका अनुसार युक्रेन र रुसबीच भइरहेको लडाइँ रोक्न अमेरिकाले प्रदान गरेको सैन्य सहायताले योगदान पुर्याइरहेको छ वा छैन भन्ने कुराको समीक्षा गरिने छ।
के जेलेन्स्कीको पहिरन पनि ट्रम्पसँगको चर्काचर्कीको कारण हो ?
ट्रम्पको सोचाइ पुटिनसँग मिल्दोजुल्दोुस् के यो ुउदारवादी विश्व व्यवस्थाुको अन्त्य हो ?
अमेरिका युक्रेनलाई सबैभन्दा धेरै सैन्य सहायता उपलब्ध गराउने देश हो।
उसले रुसविरुद्धको युद्धमा युक्रेनलाई हवाई प्रतिरक्षा क्षेप्यास्त्रसहित महत्त्वपूर्ण अस्त्रहरू प्रदान गर्दै आएको थियो। बीबीसिबाट














