बालेनको घर पुगेर प्रचण्डले भने- हामी सबै मिलेर देश बनाउनु छ



काठमाडौँ ।पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालेनको पुर्ख्यौली घरमा पुग्दा रमाइलो अनुभूति भएको बताएका छन् ।

जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा बिहीबार बिहान प्रचण्डसहितका माओवादी नेता महोत्तरीको एकडारा गाउँपालिकामा रहेको मेयर शाहको घरमा पुगेका हुन्।

मेयर शाहको घरमा माओवादी केन्द्रले कार्यक्रमसमेत गरेको छ। शाहको घरमा हाल एकडारा गाउँपालिकाको कार्यालय सञ्चालनमा छ।

त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सबै मिलेर व्यवस्था जोगाउन र देश बनाउन आग्रह गरे। त्यसक्रममा उनले स्थानीयसँग अन्तक्रियासमेत गरेका थिए। ‘बालेन साहको पुर्ख्यौली, उहाँको बा लगायत काकाहरुको घरमा, हामी आइपुगेका छौं । यो पनि एउटा रमाइलो महसुस भाछ,’ प्रचण्डले भने, ‘बालेन जीले पनि सुनिरहनु भएको होला । हामी सबै मिलेर यो देश बनाउनु छ ।

प्रकाशित मिति : फाल्गुन २२, २०८१ बिहीबार  १२ : ५५ बजे