चीन अमेरिकासँग ‘जस्तोसुकै युद्ध’का निम्ति तयार



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बढाउँदै लगेको चिनियाँ उत्पादनमा लाग्ने आयातशुल्क ट्यारिफुको बदला लिएसँगै बेइजिङ आफू अमेरिकासँग ‘जस्तोसुकै युद्ध’का निम्ति तयार रहेको बताएको छ।

ट्रम्पले सबै चिनियाँ वस्तुमाथि थप शुल्क लगाएपछि विश्वका दुई सबभन्दा ठूला अर्थतन्त्र ुव्यापार युद्धुको सँघारमा पुगेका छन्।

ट्रम्पको कदमको बदलामा चीनले तत्कालै अमेरिकी कृषिजन्य वस्तुहरूमा १०(१५५ आयातशुल्क लगाइदिएको छ।

अमेरिकास् ट्रम्पले रोपे अनिश्चयको बीज – चीनका सीका सामु खुल्यो अवसर

पानमा कनालमा चिनियाँ प्रभाव कम गर्न तत्काल कदम चाल्न अमेरिकी विदेशमन्त्रीको चेतावनी

यदि अमेरिकाले युद्ध नै चाहेको हो भने, चाहे त्यो ट्यारिफ युद्ध होस्, वा व्यापार युद्ध वा जस्तोसुकै प्रकारको अन्य युद्ध, हामी अन्त्यसम्म लड्न तयार छौँ, मङ्गलवार चिनियाँ सरकारले गरेको टिप्पणीलाई वाशिङ्टनस्थित चिनियाँ दूतावासले एक्सुमा रिपोस्ट गरेको छ।

ट्रम्पले कार्यभार सम्हाले यताको यो सबभन्दा तीखो चिनियाँ प्रतिक्रिया हो। राष्ट्रिय जनकङ्ग्रेसको वार्षिक सम्मेलनका निम्ति चिनियाँ नेताहरू बेइजिङमा भेला हुँदै गर्दा यो टिप्पणी गरिएको छ।

बुधवार चिनियाँ प्रधानमन्त्री लि चियाङले यो वर्ष फेरि उसको चीनको रक्षा खर्च ७।२५ ले बढाइने घोषणा गरे।

उनले ूविश्वभरि एक शताब्दीयता नदेखिएका परिवर्तनहरू द्रुत गतिमा भइरहेकोू चेतावनी पनि दिए। यो वृद्धि गत वर्ष नै घोषणा गरिएको थियो र अपेक्षाकृत नै छ। बीबीसिबाट

प्रकाशित मिति : फाल्गुन २२, २०८१ बिहीबार  ३ : २३ बजे