त्रिभुवन विमानस्थल बाहिर राजावादीहरुको प्रदर्शन (तस्बिरहरु)



काठमाडौं ।पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आउनु अगाडि नै त्रिभुवन विमानस्थलबाहिर प्रदर्शनकारीले राजसंस्थाको पक्षमा र सरकारका विरुद्ध प्रदर्शन गरिररहेका छन् ।

उनको स्वागतमा राजावादीको भीड हुने देखिएपछि विमानस्थलमा सुरक्षा व्यवस्था कडाइ पारिएको हो। विमानस्थलमा टिकट लिएका यात्रु र त्यहाँका स्टाफबाहेक अरूलाई प्रवेश निषेध गरिएको विमानस्थल स्रोतले जनाएको छ।

प्रकाशित मिति : फाल्गुन २५, २०८१ आइतबार  ३ : ४९ बजे