काठमाडौं ।पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आउनु अगाडि नै त्रिभुवन विमानस्थलबाहिर प्रदर्शनकारीले राजसंस्थाको पक्षमा र सरकारका विरुद्ध प्रदर्शन गरिररहेका छन् ।
उनको स्वागतमा राजावादीको भीड हुने देखिएपछि विमानस्थलमा सुरक्षा व्यवस्था कडाइ पारिएको हो। विमानस्थलमा टिकट लिएका यात्रु र त्यहाँका स्टाफबाहेक अरूलाई प्रवेश निषेध गरिएको विमानस्थल स्रोतले जनाएको छ।






















