काठमाडौँ आइपुगे पूर्वराजा शाह,विमानस्थलमा स्वागत गर्नेको भीड



काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ अवतरण गरेका छन्।

समिट एयरको चार्टर विमानबाट काठमाडौँका अवतरण गरेका पूर्वराजा अब निर्मल निवास जाने कार्यक्रम छ।

दिउँसो साढे ३ बजे उनी पोखराबाट काठमाडौँका लागि प्रस्थान गरेका थिए।

पूर्वराजा काठमाडौँ विमानस्थलमा अवतरण गर्दा विमानस्थलबाहिर समर्थकको भिड लागेको छ।

प्रकाशित मिति : फाल्गुन २५, २०८१ आईतबार  ४ : २४ बजे