राजतन्त्र फर्किने कुनै माहोल छैन : सभापति देउवा



धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने कुनै माहोल नभएको बताएका छन्।

सोमबार कांग्रेस सुदूरपश्चिम प्रदेशको पहिलो सम्मेलन उद्घाटनका लागि कैलालीको धनगढी पुगेका देउवाले सो कुरा बताएका छन् । धनगढीमा सञ्चारकर्मीले राजतन्त्रको पक्षमा माहोल बढेको हो ? भन्दै प्रश्न गरेका थिए । जवाफमा देउवाले ‘खोइ मैले त राजतन्त्रको पक्षमा केही माहोल देखेको छैन’ भनेका थिए ।

साथै, गठबन्धनको प्रसंगमा बोल्दै देउवाले वर्तमान सरकारमा कुनै समस्या नभएको बताउँदै यो गठबन्धन २०८४ सम्म कायम रहने उल्लेख गरे।

कांग्रेसको १५ ओ महाधिवेशन समयमै हुने सभापति देउवाको भनाई छ।

प्रकाशित मिति : फाल्गुन २६, २०८१ सोमबार  १२ : ३८ बजे