एकीकृत समाजवादीको अपील- राजावादीहरुको विगतका कुकर्महरु नाङ्गेझार पारौं



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले परिवर्तनका पक्षधर एकताबद्ध भएर अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।

सोमबार बिहानमा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेर कांग्रेस एमालेको सरकारका कारण राजतन्त्र पुनःस्थापना पक्षधरहको हौसिएको निष्कर्ष निकालेको थियो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बिहान बसेको बैठकले सरकारका कारण प्रतिगामी शक्ति हावी हुँदै गएको निष्कर्ष निकालेको हो।

एकीकृत समाजवादीले अब परिवर्तनका पक्षधरहरू एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएको छ । गणतन्त्रको विकल्प उन्नतस्तरको गणतन्त्र नै रहेको बताउँदै एकीकृत समाजवादीले दल र नेताहरुकै काम र अभ्यासहरूको समेत गम्भीर आत्मसमीक्षा आवश्यक रहेको निष्कर्ष निकालेको छ । साथै, प्रतिगमनकारी, पुनरूत्थानवादी तत्वहरूले इतिहासमा गरेका सम्पूर्ण कुकर्महरूलाई नाङ्गेझार गर्न सबै राजनीतिक पार्टी, बौद्धिक जगत, नागरिक समाज र आमजनसमुदायमा एकीकृत समाजवादीले अपील गरेको छ ।

प्रकाशित मिति : फाल्गुन २६, २०८१ सोमबार  ५ : ०४ बजे