काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । मन्त्रीहरूको उपस्थिति नभएपछि बैठक स्थगित गरिएको हो ।
नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको बताएका थिए । उनले मन्त्री उपस्थित नभकाले बैठक स्थगित गर्न माग गरे ।
त्यसपछि सभामुख घिमिरेले नियमावलीमा भएको व्यवस्थाअनुरुप सरकारको प्रतिनिधि अनिवार्य उपस्थित हुनुपर्ने भन्दै बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।














