गाजामा इजरेली हवाई आक्रमण, ‘३०० जनाभन्दा बढीको मृत्यु’



काठमाडौं । इजरेली लडाकु विमानहरूले गाजाका विभिन्न भागमा ज्यानुअरीमा युद्धविराम सुरु भएयताकै ठूको हवाई आक्रमण गरेका छन्।

गाजामा हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार इजरेली हमलामापरेर कम्तीमा ३३० जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा उक्त भूभागमा रहेका हमासका उच्च सुरक्षा अधिकारी मोहम्मद अबु वफा पनि रहेको बताइएको छ। उच्च प्रहरी अधिकारी र हमासका राजनीतिक व्यक्तिहरूलाई पनि निसाना बनाइएको थियो।

इजरेलले हवाई आक्रमण गर्नुअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनसँग छलफल गरेको ह्वाइट हाउसकी एक प्रवक्ताले फक्स न्यूजलाई बताएकी छन्। एक इजरेली अधिकारीले बीबीसीको अमेरिकी साझेदार सीबीएससँग कुरा गर्दै इजरेल सरकारले अमेरिकालाई हमला गर्नुअघि त्यस विषयमा जानकारी दिएको पुष्टि गरेका छन्।

एउटा विज्ञप्तिमा इजरेलले हमासले पहिलो चरणको युद्धविराम लम्ब्याउने प्रस्ताव अस्वीकार गरेकाले आफूले उक्त समूहका निसानाहरूमा आक्रमण गरिरहेको बताएको छ।

उक्त प्यालेस्टिनी समूहले सोझै दोस्रो चरणको युद्धविराममा जानुपर्ने धारणा राख्दै आएको थियो। हमासलाई दबाव दिन इजरेलले गाजामा मानवीय सहायता र विद्युत् आपूर्ति कटौती गरिएको छ।

हमासले इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले युद्धविराम सम्झौता उल्ट्याएको आरोप लगाएको छ। उसले सो हमलाले बाँकी इजरेली बन्धकको भविष्यलाई अन्योलपूर्ण बनाएको पनि जनाएको छ। बीबीसिबाट

प्रकाशित मिति : चैत्र ५, २०८१ मंगलबार  २ : १३ बजे