ट्रम्प-पुटिनबीच टेलिफोन वार्ता : रुसले युक्रेनका उर्जा संरचनामा ३० दिनसम्म हमला नगर्ने



काठमाडौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको टेलिफोन वार्ता भएको छ ।

अधिकारीहरूका अनुसार दुई राष्ट्रपतिबीच ९० मिनेट जति कुराकानी भएको थियो।

डोनल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीचको टेलिफोन वार्तापछि दुवै पक्षबाट कुराकानी भएका विषयका बारे जानकारीहरू आइरहेका छन्।

पुटिन युक्रेन र रुसले आगामी ३० दिनका लागि उर्जा संरचनाहरूमा आक्रमण नगर्ने भन्ने ट्रम्पको प्रस्तावलाई समर्थन गरेको बताइएको छ ।

मार्च १९ मा रुस र युक्रेनले १७५ जना युद्धबन्दीहरू आदानप्रदान गर्नेछन् र गम्भीर चोट लागेर रुसमा उपचार भैरहेका २३ जना युक्रेनी सैनिकहरूलाई पनि स्थानान्तर गरिनेछ।

३० दिने युद्ध विरामको अवधिमा युक्रेनले थप सैन्य परिचालन गर्ने र पुनः हतियार प्राप्त गर्ने कार्य रोक्नु पर्ने माग गरेको छ।

प्रकाशित मिति : चैत्र ६, २०८१ बुधबार  ९ : ४२ बजे