‘हिउँको गीत’को मोसन पोस्टर सार्वजनिक



काठमाडौं । रंगकर्मी विमल सुवेदीको लेखन तथा निर्देशनमा तयार भएको पहिलो चलचित्र ‘हिउँको गीत’को मोसन पोस्टर सार्वजनिक भएको छ ।

पोस्टरले फिल्मका मुख्य कलाकारलाई चित्रण गरेको छ । पोस्टरले विस्थापनको कथासँगै कलाकारका उदास आँखा र क्षितिजतर्फको दृष्टिमार्फत चरित्रको अनन्त प्रतीक्षाको नियतिलाई संकेत गरेको छ ।

लामो समयदेखि नाट्य क्षेत्रबाट नै नेपाली कलाक्षेत्रलाई महत्वपूर्ण योगदान दिएका विमलले अध्यापन र धेरै चलचित्रकर्मीहरुसँग सहकार्य गरिसकेका छन् ।

‘हिउँको गीत’मार्फत् चलचित्र निर्देशनमा पाइला चालेका विमल नेपाली नाट्य क्षेत्रलाई राष्ट्रियस्तरमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा समेत प्रतिनिधित्व गरेका छन् ।

यो फिल्ममा वर्षा राउत, जोयस पाण्डे, आकाश खतिवडा, शिशिर कर्माचार्य, पूजा चन्द केन्द्रिय भूमिकामा छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ४ : ५४ बजे