सभापति देउवाले भने- ज्ञानेन्द्र शाह संवैधानिक राजा हुनलायकको मान्छे होइन



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुनलायकको मान्छे नै नभएको र हुनपनि नसक्ने ठोकुवा गरेका छन् ।

कांग्रेसका बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले भने, ‘संवैधानिक राजा हुन लायक पनि छैनन् । संवैधानिक राजा हुन पनि सक्दैनन् । राप्रपा पनि पछि पछुताउँछ । राप्रपाले बरु पार्टी सभापति बनाए हुन्छ । पार्टीमा लाग्यो भने राप्रपाले पनि दुःख पाउँछ ।’

उनले भने,‘यिनको बानी के छ, टेम्पारामेन्टले पनि यिनी कुनैपनि हालतमा संवैधानिक राजा बन्नेवाला छैनन् ।

प्रकाशित मिति : चैत्र १०, २०८१ आईतबार  २ : ११ बजे