कुलमान घिसिङलाई हटाउने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं, ११ चैत्र । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट हटाएको छ ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको बालुवाटार श्रोतले जनाएको छ ।

यसअघि नै विभागीय मन्त्री दीपक खड्काले घिसिङलाई हटाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेका थिए ।

घिसिङलाई हटाउन कांग्रेसका सभापति शेरबहादुर देउवा तयार नहुदा सरकारले पटक पटक प्रयास गर्दा पनि उनलाइ हटाउन सकेको थिएन ।

प्रकाशित मिति : चैत्र ११, २०८१ सोमबार  ८ : ४६ बजे