प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्दैनः प्रचण्ड



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयमा प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन नचल्ने बताएका छन् ।

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउनुको कारण माग गर्दै विपक्षी दलहरूले संसद्का दुवै सदनको बैठक अवरोध गरेका छन् ।

संसद्मा प्रमुख प्रतिपक्षी दलको नेतासमेत रहेका प्रचण्डले प्रधानमन्त्री ओलीले टीआरसीसँग सम्बन्धित विषयमा छलफल गर्न पटक–पटक बोलाएपछि आफू गत सोमबार बैठकमा गएको बताए । उक्त बैठकमा कुलमानलाई हटाउने सन्दर्भमा कुनै छलफल नभएको पनि प्रचण्डको दाबी छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएको थियो ।

प्रकाशित मिति : चैत्र १३, २०८१ बुधबार  ३ : २४ बजे