काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से) ३९.१३ अंकले बढेको छ । आज नेप्से परिसूचक १.५१ प्रतिशतले बढेर २६२१.८६ विन्दुमा पूगेको छ ।
नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ । यस दिन चार अर्ब २० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
बैंकिङ १.१५, विकास बैंक १.१९, फाइनान्स १.७५, होटल तथा पर्यटन १.७८, हाइड्रोपावर १.७०, लगानी १.६७, जीवन बीमा २.०६, उत्पादन ०.९८, माइक्रोफाइनान्स १.३०, निर्जीवन बीमा १.७५, अन्य २.०९ तथा व्यापार १ प्रतिशत बढे ।
२३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।










