काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार(नेप्से) ४१.६७ अंकले बढेको छ । बिहीबार नेप्से १.५८ प्रतिशतले बढेर २६६३.५४ को विन्दुमा पुगेको छ ।
यस दिन ५ अर्ब २२ करोड ३० लाख ८३ हजार रुपैयाँमा ९७ लाख ७२ हजार १९६ कित्ता सेयर कारोबार भएको छ ।
बैंकिङ ०.९०, विकास बैंक १.१०, फाइनान्स १.३०, होटल तथा पर्यटन ०.४४, हाइड्रोपावर १.०९, लगानी २.२०, जीवन बीमा १.७१, उत्पादन ०.९२, माइक्रोफाइनान्स २.२२, निर्जीवन बीमा ०.८५, अन्य १.७४ प्रतिशत बढे । गुराँस लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । सिर्जनशील लघुवित्तको ९.९, सपोर्ट माइक्रोफाइनान्सको ८.५, अभियान लघुवित्तको ७.६ तथा मानुषी लघुवित्तको ७.२ प्रतिशत बढ्यो ।
२२७ कम्पनीको सेयर मूल्य बढेको छ भने, १६ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।










