कुलमानको मुद्दामा आज निर्णय भएन, आइतबार अर्को पेसी



काठमाडौं ।कुलमान घिसिङको मुद्दामा आज निर्णय भएन ।

आज (शुक्रबार) न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ तोकिएको उक्त मुद्दामा सरकारको कुरा पनि सुन्नुपर्ने भन्दै आइतबार पुनः सुनुवाइको लागि तोकिएको हो ।

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।

आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

प्रकाशित मिति : चैत्र १५, २०८१ शुक्रबार  १ : ५१ बजे