इदका अवसरमा सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौं । सोमबार सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

आइतबार गृह मन्त्रालयले सार्वजनिक बिदा सम्बन्धी सूचना जारी इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

सुचनामा लेखिएको छ, ‘२०८०/१०/२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा २०८१ चैत १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

प्रकाशित मिति : चैत्र १७, २०८१ आईतबार  ८ : ०१ बजे