एजेन्सी । शनिबार म्यानमारमा गएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी १,७०० जनाको मृत्यु भएको छ भने ३,४०० जना घाइते भएका छन् ।
३०० जना बेपत्ता भएको देशको राज्य प्रशासन परिषद्ले जनाएको छ ।
७.७ म्याग्निच्युडको विनाशकारी भूकम्पपछि चीन, रुस, भारत र युरोपेलि युनियन लगायत अन्य देशले आपत्कालीन टोली र मानवीय सहायता सामग्री पठाएर सहयोग गरिरहेका छन् । तर, संयुक्त राज्य अमेरिकाले अझै महत्त्वपूर्ण सहयोग उपलब्ध गराएको छैन । यसअघिका यस्ता विपद्मा अमेरिकाले नेतृत्वदायी भूमिका खेल्दै सबैभन्दा धेरै सहयोग गर्ने गरेको थियो ।

विनाशकारी भूकम्पपछि भौतिक क्षति, सञ्चार अवरुद्ध साथै उपकरणहरुको अभावका कारण उद्दारमा कठिनाई भइरहेको बताईएको छ।कतिपय ठाउँमा खाली हातले भग्नावशेष हटाएर जीवितको खोजी गरिरहेको स्थानीयवासीले बताएको बीबीसीले लेखेको छ ।
भूकम्पले पुरानो राजधानी तथा एतिहासिक दोस्रो ठूलो सहर मण्डलेलाई तहसनहस बनाएको छ। करिब १५ लाख जनसंख्या रहेको यो सहरमा सर्वाधिक ठूलो क्षति भएको जनाइएको छ। तर त्यहाँको सेनाको सत्ताले उद्दारलाई कम प्राथमिक्ता दिएको भन्दै आलोचना भएको छ। उसले अहिले पनि प्रजातन्त्र समर्थक विद्रोहीमाथि हवाई आक्रमण जारी राखेको छ।
शुक्रवारको भूकम्पले सबैभन्दा बढी देशको प्राचीन राजधानी तथा दोस्रो ठूलो शहर म्यान्डलेलाई क्षतिग्रस्त बनाएको छ जहाँको जनसङ्ख्या करिब १५ लाख छ।
अत्यावश्यक उपकरणको अभाव, कमजोर सञ्चार सञ्जाल तथा क्षतिग्रस्त सडक पूर्वाधार एवं पुलका कारण खोजी कार्यमा असर परिरहेको छ।














