त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका जोशी निर्वाचित



१८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका दीपकराज जोशी निर्वाचित भएका छन् ।

कडा प्रतिस्पर्धाका बिच ७८९ मत प्राप्त गर्दै नेविसंघका दिपकराज जोशी सभापति निर्वाचित भएका हुन् ।

कुल ३ हजार १ सय १८ मत खसेकोमा जोशीले ७८९ मत प्राप्त गर्दा अनेरास्ववियुका सिद्धान्त भट्टले ७ सय ८१ मत प्राप्त गरे भने अखिल क्रान्तिकारीका प्रविन दाहालले ७ सय २७ मत प्राप्त गरे ।

स्वतन्त्र उम्मेदवार पदमा भुसालले १ सय ६६ र उज्जवल खड्काले ७ सय १७ मत प्राप्त गरे

यो पटकको स्ववियु निर्वाचनमा केन्द्रीय क्याम्पसमा तीन दलका विद्यार्थी संगठनबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

प्रकाशित मिति : चैत्र १८, २०८१ सोमबार  ८ : २० बजे