काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेका कुलमान घिसिङले आफू नेपाल विद्युत् प्राधिकरणबाट मात्र बिदा भएको भन्दै एक जिम्मेवार नागरिकको रूपमा आफ्नो काम कर्तव्य कहिल्यै कम नहुने बताएका छन् ।
बर्खास्तीमा परेपछि पहिलो पटक शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यस्तो बताएका हुन् ।
उनले भने, ‘वैदेशिक मुद्रामा चाप परेको बेला हामीले विद्युत् निर्यात गरेर अर्थतन्त्रमा योगदान गर्यौं, निरन्तर घाटामा रहेको प्राधिकरण अर्बौं नाफामा छ, हामी प्राधिकरणलाई सशक्त र आत्मनिर्भर बनाउन सफल भयौं, प्राधिकरणले जनताको घरघरमा बिजुली पुर्याउन सक्नु नै मेरो कार्यकालको सफलता हो,’।
पत्रकार सम्मेलनमा घिसिङले आफ्नो कार्यकालमा भएगरेका कामका बारेमा समेत जानकारी दिएका थिए ।









