काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेट फलदायी भएको बताएका छन्।
क्रबार सम्पन्न वार्तापछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत नेपाली भाषामा नै एक्समा पोस्ट गर्दै मोदीले वार्ता ‘फलदायी’ भएको बताएका हुन्।
‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो,’ मोदीले लेखेका छन्, “भारतले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको छ।’
उनका अनुसार, ऊर्जा, भौतिक कनेक्टिभिटी, संस्कृति तथा डिजिटल प्रविधिका क्षेत्रमा दुई देशबीचका साझेदारीबारे विस्तृत छलफल भएको छ।
बिम्स्टेक शिखर सम्मेलनमार्फत हासिल केही महत्त्वपूर्ण उपलब्धि, विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातसम्बन्धी विषयमा समेत कुराकानी भएको मोदीले उल्लेख गरेका छन्।















