काठमाडौँ । स्थानिय बजारमा आइतबार सुनको मूल्य तोलामा १९०० रुपैयाँ घटेको छ ।
शुक्रबारको तुलनामा सुनको मूल्य घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलामा १८०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।














