चौतर्फी आलोचनापछी बीपीको सालिकमा कालो दलेको घटनामा राप्रपाले माग्यो माफी

राजावादी समूहले नेपालगञ्जमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको सालिकमा कालो दलेको घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माफी मागेको छ।

नेपालगञ्जको बीपी चोकमा रहेको बीपीको सालिकमा उक्त समूहले कालो दल्नुको साथै कालो कपडाले छोपेका थिए। सालिक तोडफोडको समेत प्रयास भएको भन्दै कांग्रेस बाँके सचिव सुधांशु कोइरालाले विरोध जनाएका छन्। बाँके( २ का सांसद एवं राप्रपा महामन्त्री धवलशमशेर राणाको रिहाइको माग गर्दै राँके जुलुस निकाल्ने क्रममा यो घटना भएको हो।

बीपीको सालिकमा कालो दलिएको तस्बिरको आलोचना हुन थालेपछि राप्रपाको नगर कार्यसमिति नेपालगञ्जले माफी मागेको हो। राप्रपाले ‘उक्त भवितव्य घटनाबाट कुनै पनि राजनीतिक दल र व्यक्तिको आस्थाप्रति ठेस पुगेकोमा हामीलगायत नगर कार्यसमिति क्षमाप्रार्थी छौँ’ भनेको छ ।

आफ्ना नेताहरूको रिहाइको माग राखेर गरिएको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरेपछि उक्त घटना भएको राप्रपाको नगर कार्यसमितिका अध्यक्ष हुकुम सिंह केसीले दाबी गरेका छन् ।

केसीले भनेका छन् ‘हाम्रो मनसाय कुनै पनि राजनीतिक दल र व्यक्ति विशेषलाई होच्याउने नभएको हुँदा सबैका आस्थाका केन्द्र देशका नेता तथा जननिर्वाचित पूर्वप्रधानमन्त्री बीपी कोइरला हामी सबैका जनप्रिय नेताप्रति हाम्रो सधैँ सम्मान र विश्वास रहेको छ र रहिरहनेछ,।

राजावादी समूहले नेपालगञ्जमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको सालिकमा कालो दलेको घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले माफी मागेको छ।

प्रकाशित मिति : चैत्र २३, २०८१ आइतबार  ७ : ४६ बजे