सुनको मूल्य घट्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँही महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५ सयमा कारोबार भएको थियो ।

आज सोमबार सात सय रुपैयाँले घटेर सुन तोलामा १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । भइरहेको छ ।

त्यस्तै चाँदी भने तोलामा ३० रुपैयाँ बढेको छ । आइतरबार तोलाको १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : चैत्र २५, २०८१ सोमबार  १० : ५८ बजे