प्रधानमन्त्री ओलीले भने- शिक्षकहरूले सडकमा गएर सुत्न पर्दैन, माग पूरा हुन्छ



काठमाडौँ । सोमबार काठमाडौँमा आयोजित हिमालयन संवादमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुको माग सरकारले सम्बोधन गर्ने बताएका छन्।

उनले देशमा भइरहेको आन्दोलन, आगजनी तथा तोडफोडका घटनाले देश अझै संक्रमणकालमै रहेको देखाउने बताए।

उनले विभिन्न विचारका समूहमा विरोधाभास देखिएको भन्दै संविधानप्रति इमान्दारिताको कमी देखिएको बताए।

उनले पछिल्लो समय आन्दोलनमा रहेका शिक्षकहरुलाई वार्तामा आउन आह्वान गरे।

उनले भने, ‘अहिले शिक्षक आन्दोलन चलेको छ। किन चलाउनुभएको मलाइ थाहा भएन। म प्रधानमन्त्री छु। म भनिराख्या छु, जायज माग लिएर कोही आउँदाखेरि आन्दोलन गर्नुपर्दैन, हामी त्यसको समाधान दिन्छौँ। हामी त्यसलाई सम्बोधन गर्न तयार छौँ। दुःख पाउनुपर्दैन सडकमा गएर सुत्नै पर्दैन।

प्रकाशित मिति : चैत्र २५, २०८१ सोमबार  ५ : ०५ बजे