काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाह कुनैपनि हालतमा संवैधानिक राजा बन्न नसक्ने टिप्पणी गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापले यस्तो टिप्पणी गरेका हुन् ।
निर्मल निवासमा बसेर उत्पात मच्चाउने ज्ञानेन्द्र शाहलाई नारायणहिटीमा राखेको भए के गर्थे भन्दै उनले प्रश्न गरे । उनले पूर्वराजा शाहले व्यवसायी दुर्गा प्रसाईं र पूर्वपञ्च नवराज सुवेदीलाई ल्याएर उत्पात मच्चाएको आरोप लगाए ।
उनले भने,’नेपालको राजालाई धोएर जति सफा गर्यौं भनेपनि उसलाई कसैले पनि संवैधानिक बनाउन सक्दैन । नेपाली काँग्रेस पार्टी लामो अनुभव गरेर त्यो निर्णयमा पुगेको हो । निर्मल निवासमा बस्दाखेरि त यस्तो उत्पात मच्चायो, कहाँ भएको दुर्गा प्रसाईंलाई खोजेर ल्याएर, हाम्रै क्षेत्रमा बस्ने नवराज सुवेदी, जसले अस्तिसम्म किताव लेखेर राजालाई गाली गर्थे उसलाई खोजेर ल्याएर निर्मल निवासमा बसेर यस्तो उत्पात मच्चाएको छ । नारायणहिटीमा भएको भए के गर्थे होलान् ?’
शाहलाई धोएर जति सफा गरेपनि संवैधानिक राजा बन्न योग्य नरहेको उनको भनाइ छ ।









