त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत



काठमाडौं ।त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ ।

स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपकुलपति बरालले यही चैत १५ गते राजीनामा बुझाएका थिए ।

प्रधानमन्त्री एवं त्रिभुवन विश्व विश्व विद्यालयका कुलपति केपी शर्मा ओलीले उपकुलपति बरालको राजीनामा बिहीबार स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तत्कालीन प्रधानमन्त्रीसमेत रहेका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बराललाई विश्वविद्यालयको २० औं उपकुलपति नियुक्त गरेका थिए।

प्रकाशित मिति : चैत्र २८, २०८१ बिहीबार  ३ : ५५ बजे