काठमाडौं । भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याइँदै छ।
चैत्र १५ गते तीनकुने घटनापछि फरार रहेका उनको खोजी कार्य नेपाल प्रहरीले गरिरहँदा उनले भने बिहीबार भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।
झापाको काँकडभिट्टा नाकामा प्रसाईँ समर्थकहरू भेला भएका छन् ।
काँकडभिट्टामा उनका समर्थहरूले अवरोध गर्ने सुरक्षा विश्लेषणको आधारमा नाका परिवर्तन गरेर उनलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याउने प्रहरीको तयारी छ ।









