वीरगन्जमा लम्बियो कर्फ्यु



काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु १२ घण्टा थपिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कर्फ्युको समय थप गरेका हुन् ।

हनुमान जन्मोत्सवमा शनिबार निकालिएको शोभा यात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि दुबै पक्ष बिच झडपमा भएको थियो ।

सर्वदलीय बैठकमा कर्फ्युलाई निरन्तरता राख्ने भनि आएको सुझावअनुसार समय राति १२ बजेसम्मलाई बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

दुई पक्ष बिच झडप भएपछि स्थानीय प्रशासनले शनिबार बेलुकी ६ः३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि कफ्र्यु लगाएको थियो ।

प्रकाशित मिति : चैत्र ३०, २०८१ आइतबार  १२ : ०० बजे