निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

बुधबारदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।

भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार पेट्रोल, डिजेल र मट्टीतेल सबैको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको निगमले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मूल्य घटेसँगै अब काठमाडौँमा पेट्रोलको प्रतिलिटर १६० र डिजेल तथा मट्टितेलको प्रतिलिटर १४६ रुपैयाँ कायम हुने भएको छ ।

प्रकाशित मिति : बैशाख २, २०८२ मंगलबार  ८ : ५६ बजे