सरकारको प्रवृत्ति समर्थनयोग्य छैन, कार्यशैली बदल्नुपर्छ : विश्वप्रकाश शर्मा



काठमाडौं, ३ वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुख्य दुई दल सम्मिलित सरकारले कार्यशैली बदल्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा धारणा सार्बजनिक गर्दै उनले यस्तो बताएका हुन ।

“नगर्नुपर्ने निर्णयमा हतारो, गर्नुपर्ने निर्णयमा विलम्ब, सरकारको यो प्रवृत्ति समर्थनयोग्य छैन,” विश्वप्रकाशले भनेका छन्, “मुख्य दुई दल सम्मिलित सरकारको गति संतोषजनक भएन ।”

महामन्त्री शर्माले सरकारको गति सन्तोषजनक नभएको दाबि गरेका छन् छन् । शर्माले सरकारप्रति सात बुँदे असन्तुष्टि व्यक्ति गर्दै कार्यशैली बदल्नुपर्ने बताएका छन् । महामन्त्री शर्माले सरकारले सामाजिक सञ्जाल विधेयक नियमनको नाममा नियन्त्रणको नियतका साथ ल्याइएको, सरकार सञ्चालनसम्बन्धि दुई दलीय संयन्त्रमा अध्यादेशको प्रत्येक अक्षरमा संवाद गरिएकोमा सामाजिक सञ्जाल विधेयकमा कुनै संवाद नगरिएको बताएका छन् ।

शिक्षक आन्दोलनको माग सम्बोधन गर्न ढिलाइ हुँदै गएको र सरकारले निर्णय गर्न मिल्ने बुँदाहरुमा महासंघलाई विश्वासमा लिएर अविलम्ब निर्णयमा पुग्नुपर्ने उनले बताएका छन् । विधेयकमार्फत टुंगोमा पुग्ने बुँदाहरुप्रति साझा प्रतिबद्धता गर्न सकिने र गर्नुपर्ने उनको भनाइ छ ।

महामन्त्री शर्माले रास्ट्रबैंकको गभर्नर नियुक्तिको विषयसँग गाँसिएर अनेकथरी प्रश्न उठिसक्दा नियुक्तिमा अझै अलमल जारी रहनु दुःखद रहेको र मौद्रिक नितिको नेतृत्व गर्ने, समग्र बैंकिङ क्षेत्रको नियामक संस्थाको नेतृत्व चयनमा संवेदनशील अग्रसरता नदेखिएकाले सरकारको सक्षमतामाथि नै प्रश्न उठेको उनले बताएका छन् । नेपाल प्रहरीको एआइजी पदमा ६ वटा दरबन्दी रिक्त भएको महिनादिन पुग्न लाग्दासमेत नियुक्तिमा अलमल गरिएप्रति पनि उनले असन्तुष्टि व्यक्त गरेका छन् ।

त्यस्तै त्रीविविका उपकूलपति केशरजंग बरालले पदत्याग गर्नुपर्ने अवस्था आउनु र फेरिपनि त्रीविविमा बेथितिले प्रश्रय पाउनुलाई महामन्त्री शर्माले गलत भनेका छन् ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक ९एमडी० बाट कुलमान घिसिङलाई हटाएको विषयमा उनले असन्तुष्टि व्यक्ति गरेको छन् । उनले भनेका छन्, ‘कुलमान प्रकरणमा हटाउनुहुन्न भन्ने काँग्रेसभित्रको फरक मत र आम जनमतको हेक्का राखिएन । असन्तुष्टिको आगोमा चरु हाल्नुहुन्न भन्ने सजगता सरकारमा देखिएन,’– उनले भनेका छन् ।

प्रकाशित मिति : बैशाख ३, २०८२ बुधबार  १ : ३९ बजे