सुनको मूल्य बढ्यो, तोलामा कति पूग्यो ?



काठमाडौं । स्थानिय बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलाको एक लाख ८९ हजार ७०० रुपैयाँ कायम छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : बैशाख १४, २०८२ आईतबार  १२ : २८ बजे