गगन थापाविरुद्धको अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अबहेलना मुद्दामा सुनुवाइ सकिएको छ ।

सर्वोच्च अदालतमा दायर उक्त मुद्दा न्यायाधीशद्वय सपना मल्ल प्रधान र नित्यानन्द पाण्डेको इजलासमा मुद्दामा प्रारम्भिक सुनुवाइ सकिएको हो।

संवैधानिक निकायमा ५२ जनाको नियुक्तिविरुद्धको रिटको बारेमा गगनले अदालतको भूमिकामाथि उठाएको प्रश्नलाई लिएर अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।

अधिवक्ता अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले दिएको निवेदन आइतबार सर्वोच्च प्रशासनले दर्ता गरेको हो। निवेदनको पहिलो पेसी आजका लागि तोकिएको थियो।

प्रकाशित मिति : बैशाख १६, २०८२ मंगलबार  १ : ५६ बजे