कांग्रेस महामन्त्री गगन थापासँग सर्वोच्चले माग्यो लिखित जवाफ



काठमाडौं, १६ वैशाख । सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अबहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश गरेको छ ।


सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको इजलासले उक्त मुद्दामा लिखित जवाफ माग्ने आदेश गरेको हो ।

अधिवक्ताहरू अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले संवैधानिक निकायमा ५२ जनाको नियुक्तिविरुद्धको मुद्दामा महामन्त्री थापाको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना मुद्दा दर्ता यरेका थिए ।

महामन्त्री थापाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा नियुक्त गरेका विवादित ५२ पदाधिकारीविरुद्धको रिटको सुनुवाइ सर्वोच्च अदालतले ढिलो गरेको टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : बैशाख १६, २०८२ मंगलबार  ५ : ३४ बजे