खमबहादुर गर्बुजा उर्जा राज्यमन्त्रीमा नियुक्त



काठमाडौं, १७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजालाई नियुक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपतिको कार्यालय शितलनिवासले आज ९बुधबार० गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेको हो ।

उनी म्याग्दीबाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन् ।

प्रकाशित मिति : बैशाख १७, २०८२ बुधबार  ७ : २१ बजे