उच्च अंकले उकालो लाग्यो नेप्से, १० अर्ब ५१ करोडको कारोबार



काठमाडौँ । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक ६२.२५ अङ्कले बढेर २६७३.६९ को बिन्दुमा कायम भएको हो। यो दुई.३८ प्रतिशतको वृद्धि हो।

आज नेप्सेमा कारोबार रकम पनि बढेर साढे १० अर्ब नाघेको छ। तीन सय आठ कम्पनीको दुई करोड ७२ लाख ४५ हजार चार सय ५९ कित्ता शेयर ९९ हजार चीन सय पाँच पटक खरिदबिक्री हुँदा रू १० अर्ब ५१ करोड ८४ लाख छ हजार तीन सय ५२ बराबरको कारोबार भएको हो।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा बढी वित्त समूह ५.४७ र जलविद्युत् समूह ३.१३ प्रतिशतले बढेको छ। बैंकिङ २.९७, विकास बैंक २.४०, होटल तथा पर्यटन १.५९, लगानी ०.८१ र जीवन बिमा समूह २.४४ प्रतिशतले बढेको छ।

उत्पादन तथा प्रशोधन १.१८, लघुवित्त २.२४, म्युचुअल फण्ड ०.५७, निर्जीवन बिमा २.६७, व्यापार २.५३ र अन्य समूह २.५३ प्रतिशतले बढेको छ।

नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ४.५० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सानिमा माई हाइड्रोपावर लिमिटेडको रू ५९ करोड २० लाख ९६ हजार आठ सय २६ बराबरको शेयर किनबेच भएको छ। कारोबार सङ्ख्याका आधारमा सिङ्गटी हाइड्रोइनर्जी लिमिटेडको १४ लाख २६ हजार तीन सय ७९ कित्ता शेयर खरिदबिक्री भएको छ

प्रकाशित मिति : बैशाख २४, २०८२ बुधबार  ४ : ११ बजे