तोलामा ६०० रुपैयाँले बढ्यो सूनको मूल्य



काठमाडौं ।स्थानिय बजारमा सुनको मूल्य सामान्य बढेको छ ।

आज सूनको मूल्य ६०० रुपैयाँ बढेको हो ।

सुन प्रतितोला एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य १० रुपैयाँ घटेर एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २५, २०८२ बिहीबार  ११ : ०१ बजे